फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले महँगिएको हो ।

छापावाला सुन अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख ३७ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । तर, आजका लागि भने बढेर १ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुनको मूल्य भने १ लाख ३७ हजार ७५० रुपैयाँ तोकिएको छ ।

यस्तै, उक्त दिन चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँ घटेर १ हजार ७२५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने १ हजार ७३५ रुपैयाँ कायम भई खरिदबिक्री भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।