सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द भएको छ ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनपछि कम्पनीले सोमबार घोषणा गरेको २८.४ प्रतिशत लाभांश रद्द गरेको हो ।

इन्स्योरेन्स संचालक समितिको वैशाख २३ गते बसेको बैठकले सेयर प्रिमियममा रहेको रकमबाट सेयरधनीलाई २६.९८ प्रतिशत बोनस सेयर र कर तिर्न १.४२ प्रतिशत नगद गरी कुल २८.४ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो ।

तर, प्राधिकरणले आफ्नो स्वीकृति नलिई एकै वर्षमा दुईपटक लाभांश घोषणा गरेको भन्दै उक्त लाभांश रद्द गर्न निर्देशन दिएको थियो ।

यसअघि पनि कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर लाभांश दिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।