सिटिजन लाइफ इन्स्योरेन्सद्धारा फेरि लाभांश घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले फेरि लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको वैशाख २३ गते बसेको बैठकले सेयर प्रिमियममा रहेको रकमबाट सेयरधनीलाई २६.९८ प्रतिशत बोनस सेयर र कर तिर्न १.४२ प्रतिशत नगद गरी कुल २८.४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

यस वर्ष इन्स्योरेन्सले लाभांश घोषणा गरेको यो दोस्रो पटक हो । यसअघि गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।