आजदेखि उपनिर्वाचन आचारसंहिता लागु, क–कसलाई लाग्छ आचारसंहिता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमु्क्त वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोग ऐन २०७३ को दफा २२ अनुसार इलाम र बझाङ जिल्लाभर आजदेखि आचारसंहिता लागू भएको आयोगले जनाएको छ । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुनेछ ।

आचारसंहिता सरकार र सरकारका मन्त्री, प्रदेश सरकार तथा प्रदेश सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, प्रदेश तथा स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल तथा तिनका भ्रातृ संगठन, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार प्रतिष्ठान, विद्यालय तथा शिक्षक, मतदाता, गैरसरकारी संस्थाका कर्मचारीलगायतलाई लागू हुने आयोगले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।