मेटलाइफ नेपालद्वारा कार्यविनायक मन्दिर पार्क उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेटलाइफ नेपाल र डोको रिसायकलर्सले ललितपुरको बुङमतीमा रहेको कार्यविनायक मन्दिरपरिसरमा पुनः निर्मित पार्कको उद्घाटन गरेका छन्। एक जीवन्त सामुदायिक स्थान सिर्जना गर्न महिनौंको प्रयासपछि पुनः निर्मित पार्कको उद्घाटन गरेको कम्पनीले जनाएको छ।

मेटलाइफले सामाजिक उत्तरदायित्व अन्तर्गत पार्कको जीर्णोद्धारका लागि पहल गरेको थियो। डोको रिसायकलर्सको रेखदेखमा र ललितपुर महानगरपालिका २२ को सहकार्यमा पार्कमा ल्यान्डस्केपिङ, नयाँ डिस्प्ले बोर्ड स्थापना, फोहोरमैला व्यवस्थापन पूर्वाधार र शौचालय मर्मतसम्भार लगायत व्यापक पुनः स्थापना गरिएको थियो। पार्कको उद्घाटनसँगै मेटलाइफ र डोको रिसायकलर्सले नेपालीहरूका लागि नयाँ सामुदायिक ठाउँ जोगाउन मदत गर्ने कुरामा जोड दिएको जनाएको छ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने ‘समुदायका सदस्यको रूपमा, हामी कार्यविनायक मन्दिरमा पार्क जीर्णोद्धार परियोजनाको हिस्सा हुन पाउँदा गर्व गर्छौं। डोको रिसायकलर्ससँगको हाम्रो साझेदारीले मेटलाइफको दिगो साइट संरक्षण अभ्यासहरूलाई प्रवर्धन गर्ने प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।