पूर्वराजा जुम्ला जाँदै, खलंगामा नागरिक अभिनन्दन गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला भ्रमणमा जाने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पत्रकार सम्मेलन गर्दै पूर्वराजाको भ्रमण कार्यक्रम सार्वजनिक गरेका हुन्।

पूर्वराजा शाह जुम्ला जाने र खलंगामा उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम समेत रहेकाे शाहीले बताए। उनले भने, ‘यही चैत्र २४ गते ज्ञानेन्द्र शाह जुम्ला जाँदै हुनुन्छ। जुम्लामा चन्दना भैरवको दर्शनसँगै नागरिक अभिनन्दन समारोह जुम्लामा हुने छ। नागरिक मूल आयोजक समितिमा कुनै पनि पार्टी पंक्ति छैन।

सर्वदलीय बैठकबाट सबै दलबाट सबैको उपस्थितिका लागि राजा सबको साझा हुन्छ। चाहे पूर्व होस चाहे वर्तमान राजा कुनै दलको हुँदैन।’ उनले राजा ल्याउने राप्रपाको एजेन्डा भएकाले ‘राजा’ भन्न कुनै हिच्किचाहट नभएको भन्दै पूर्वराजा नभइ राजा भनेर सम्बोधन गरे।  

उनले भने,‘राजा भनेको शक्ति र सत्ता होइन, आस्था म राप्रपाको प्रवक्ता हो। राप्रपाले संवैधानिक राजसंस्थाको वकालत गर्छ। राजा ल्याउने राप्रपाको एजेन्डा हो। त्यसैले राजा भन्न मलाई कुनै हिच्किचाहट छैन। दोस्रो, राजा कहिले पनि पूर्व हुँदैन। पूर्वराजा उहाँ हो भने वर्तमान राजा देखाइदिनुप¥यो। राजा भनेको शक्ति र सत्ता होइन, आस्था हो। अहिले देश अभिभावकविहीन भएको छ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।