राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् ।

कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालको पक्षमा ३९ मत र विपक्षमा १७ मत विभाजन भएको हो।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत प्राप्त भयो । यससँगै युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ । मतदान प्रक्रियामा ५६ जना सदस्य सहभागी थिए ।

पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ बनेको सत्ता गठबन्धनले अध्यक्षको निर्वाचनमा ओवादीका दाहालाई समर्थन गरेको थियो । दाहाललाई नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।