प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसकाे ह्विप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्विप जारी गरेर विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन्।

आफ्ना सांसदहरुलाई फागुन ३० को प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थिति हुन पनि कांग्रेसले निर्देशन दिएको छ।

प्रधानमन्त्री  दाहाल पर्सि बुधबार (फागुन ३० गते) विश्वासको मत लिँदैछन्। नयाँ सत्ता समीकरण बनेपछि सरकारबाट बाहिरिएको कांग्रेसले बिहीबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।