एमाले गोरखा अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन्। एमाले गोरखाको आठौं जिल्ला अधिवेशनबाट थापा अध्यक्षमा निर्वाचित भएका हुन्।

थापाले निवर्तमान कमिटीका उपाध्यक्ष कृष्ण नेपालीलाई ७५ मतले पराजित गरे। थापाले २८० मत ल्याए भने नेपालीले २०५ मत ल्याए।

उपाध्यक्षमा मेनबहादुर अधिकारी निर्वाचित भएका छन्। अधिकारीले २७० मत ल्याए भने कमल दानीले १२१ र कृष्ण काप्रीले ७१ मत प्राप्त गरे।

सचिवमा काजिराम रोका निर्वाचित भए। उनले ३५३ मत ल्याए भने उनका प्रतिस्पर्धी उपेन्द्र देवकोटाले १०५ मत प्राप्त गरे।

उपसचिवमा खुलातर्फ मनोज जोशी निर्वाचित भए। उनले २६५ मत प्राप्त गर्दा अर्का प्रत्यासी विष्णु पन्तले ११४ र सञ्जित श्रेष्ठले ६७ मत ल्याए।

यसैगरी महिला उपसचिवमा शान्ति चापागाईं निर्वाचित भइन्। उनले ३२० मत प्राप्त गर्दा नानीमाया थापाले १५० मत ल्याएर पराजित भइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।