देशमा धार्मिक विभेद हुन थालेको छ : राष्ट्रियसभा सदस्य खालिद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले देशमा धार्मिक विभेद हुन थालेको गुनासो गरेका छन्। 

आइतबार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै राष्ट्रिय सभा सदस्य खालिदले देशमा धार्मिक विभेद हुन थालेको बताएका हुन्। 

उनले कुनै धर्म विशेषलाई उसको धर्मको आधारमा विभेद भइरहेको गुनासो गरे। उनले यसरी धार्मिक रुपमा विभेद हुनु देशको हितमा नभएको बताए। 

त्यस्तै बैठकमा बोल्दै उनले आगामी आर्थिक वर्षमा सबै क्षेत्रमा सन्तुलित रुपमा बजेट जानुपर्ने धारणा राखे। उनले तराई/मधेशमा ५३ प्रतिशत जनसंख्या भए पनि १३ प्रतिशत मात्रै बजेट गएको भन्दै यसलाई सन्तुलित बजेट मान्न नसकिने बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।