उपनिर्वाचन : फागुन २९ देखि चैत ५ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  निर्वाचन आयोगले इलाम २ र बझाङको  प्रदेश सभामा रिक्त सदस्यको निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गराउन आग्रह गरेको छ।

आयोगले त्यसका लागि फागुन २९ गतेदेखि सुरु गर्न लागेको हो। देशभरका मतदाताको नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन आयोगले अनुरोध गरेको छ। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले  २०८१ वैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन हुने भएकाले निर्वाचन क्षेत्रमा नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न भनिएको बताए। 

सबै निर्वाचन कार्यालयबाट संकलन भएको मतदाता नामावलीको अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ हुने उनले बताए। आयोगले २०८० फागुन १३ गतेसम्म सङ्कलन भएका विवरणमध्ये २०८१ वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको विवरण अद्यावधिक गरिने आयोगले जनाएको छ।

उनले फागुन २९ गतेदेखि चैत ५ गतेसम्म मतदाता नामावली अद्यावधिक तथा अन्तिम मतदाता नामावली प्रकाशन गरिने पनि बताए।  यसका लागि फागुन २८ गते आयोगको वेबसाइटबाट मतदाता नामावली प्रकाशन हुने उनले बताए।

अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० सम्पन्न भए पश्चात् चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले जनाएको छ। 

कार्यक्रमको प्रभावकारिता अभिवृद्धि एवम् आवश्यक सुरक्षा, सहयोग, समन्वय र प्रचारप्रसारका लागि गृह मन्त्रालयमार्फत सबै प्रमुख जिल्ला अधिकारीलाई प्रमुख नाम दर्ता अधिकारीसँगको समन्वयमा जिल्लाका राजनीतिक दलहरुसँग बैठक राखी सूचना सम्प्रेषणको व्यवस्था मिलाउन आयोगले निर्देशनसमेत दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।