रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी सोमबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

प्रचण्ड सरकारमा सहभागी भएको रास्वपाले सरकार, इलाम २ को उपचुनावलगायतका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो । 

अहिले रास्वपा माओवादी, एमालेलगायतको गठबन्धन सरकारमा सहभागी भएकाले इलाम २ को उपचुनावबारे के निर्णय लिन्छ भन्ने चासोका साथ हेरिएको छ । रास्वपाबाट पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, डीपी अर्याल श्रममन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री बनेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।