नेपाली सेना सबल र सुदृढ संस्थाको रूपमा स्थापित छ : रक्षामन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई समग्र राष्ट्र र राष्ट्रबासीको सर्वोपरि हित हुने कार्यमा थप सजगतापूर्वक समर्पित हुन निर्देशन दिएका छन ।

सेना दिवसका अवसरमा उनले दिएका सन्देशमा सेनाले स्थापनाकालदेखि वर्तमानसम्म सरकारबाट प्राप्त नीति निर्देशनलाई सर्वोपरि ठानेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरे ।

रक्षमन्त्री उप्रेतीले भने,  “आपतकालीन परिस्थितिहरूमा नेपाली सेना सदैव राष्ट्र र जनताको सेवामा अग्रपिङ्क्तमा रहेर काम गर्दै आइरहेको छ । देशका विभिन्न स्थानमाआइपर्ने विपद्का घटनाहरूमा समेत नेपाली जनताको जिउधनको रक्षार्थ नेपाली सेनाले गरेको योगदानको प्रशंसा गर्दछु ।”

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।