उद्योगी व्यवसायी र सर्वसाधरण जनताको आत्मवल जगाउने गरी काम गर्छु: अर्थमन्त्री पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँं। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्लेका छन् ।

बुधबार राति अर्थ मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा अर्थमन्त्री पुनले आफूले अर्थतन्त्रमा आशा जगाउने गरी काम गर्ने बताएका हुन् ।

उनले अर्थतन्त्रमा मनोबल बढाउनुपर्ने आवश्यकता रहेको भन्दै सबै उद्योगी व्यवसायीलाई साथमा लिएर अर्थतन्त्र सुधार गर्न अघि बढ्ने बताए ।

अर्थतन्त्रको बाह्य क्षेत्र राम्रो रहेको बताउँदै उनले आन्तरिक क्षेत्र सुधार गर्नुपर्ने भएकाले त्यसका लागि आफूले कुनै कसर बाँकि नराख्ने बताए ।

सबै क्षेत्रको मनोबल बढाउने गरी आर्थिक क्षेत्र सुधार गर्न सकारात्मक पहल गर्ने  बताउँदै उनले भने, ‘म पहिलोपटक आउँदा पनि समस्या थियो । त्यसबेला राम्रो सुधार गरेको थिएँ । अहिले अर्थतन्त्र त्यति बिग्रेको छैन । तर मनोबल बढाउनु पर्नेछ ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।