कांग्रेसले फिर्ता लियो प्रचण्ड सरकारलाई दिएको समर्थन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।  

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरूङले जानकारी दिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेससँगको सहकार्य छुटाएर एमालेसहितका दलको समर्थनमा नयाँ सरकार गठन गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।