आईसीसी विश्वकप लिग-२ : आज नेपाल र नेदरल्याण्ड्स खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२  मा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ।

यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको नेपाल आज विजयी नतिजाका साथ शृंखलाको अन्त्य गर्ने लक्ष्यमा हुनेछ।

नेपालले यसअघि पहिलो खेलमा नामिबियासँग चार विकेटको हार बेहोरेको  थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराए पनि नेपालले तेस्रो खेलमा पुनः नामिबियासँग दुई विकेटको हार बेहोरेको हो।

यता, नेदरल्यान्ड्सले पनि जारी शृंखलाका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ। नेदरल्यान्ड्सले नेपालसँग हार बेहोरे पनि दोस्रो खेलमा नामिबियालाई सात विकेटले हराएको थियो। तेस्रो खेलमा भने डच टिम नामिबियाविरुद्ध २४ रनले पराजित भएको थियो।

खेल नेपाली समय अनुसार साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सुरु हुनेछ।

पहिलो शृंखलाका चार खेल खेलिसकेको नामिबिया ६ अंकका  साथ लिग–२ तालिकाको शीर्ष स्थानमा छ। समान तीन खेल खेलेका नेपाल र नेदरल्यान्ड्स भने दुई अंकसहित क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।