शशांकको चियापानमा देउवाको धन्यवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका महासमिति सदस्यहरूको सम्मानमा पूर्व महामन्त्री डा.शशांक कोइरालाले शनिबार राजधानीमा चियापान आयोजना गरेका छन् ।

चियापानमा पार्टी सभापति शेरबहादुर देउवा, कृष्ण सिटौला, शेखर कोइराला, प्रकाशमान सिंह गोपालमान श्रेष्ठ, महामन्त्रीहरू गगन थापा र विश्व प्रकाश शर्मालगायतका नेता तथा कार्यकर्ताहरूको बाक्लो जमघट भयो ।

चियापानमा छोटो मन्तव्य दिँदै डा कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई मिलाएर अगाडि लाने बताए। मुलुकको भविष्य नेपाली कांग्रेससँग भएको जिकिर गर्दै उनले  देशको भविष्य कांग्रेससँग भएकाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए।

महासमिति सदस्यहहरूलाई उत्साह बोकेर फर्कन भन्दै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो दल बनाउन अनुरोध गरे। कांग्रेस एकढिक्का भए यसलाई कुनै शक्तिले हराउन नसक्ने उनको दाबी छ।

‘बीपी कोइरालाले आफ्नो लागिभन्दा देश र जनताका लागि सङ्घर्ष गर्नुभएको थियो, उहाँले जस्तो दुःख हामीले पाएका छौ? तसर्थ उहाँको सङ्घर्षलाई कांग्रेसले भुल्नुहुँदैन’, उनले भने। उनले संघर्ष गर्न सिक्नुपर्नेमा जोड दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।