प्रदिप पौडेलले अघि सारे २८ बुँदे पुरक प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले जारी महासमिति बैठकमा २८ बुँदे पुरक प्रस्ताव अघि सारेका छन् ।

जसमा डिजिटल पार्टी बनाउनुपर्ने, निर्वाचनमा उमेदवार छनोट र टिकट वितरणका लागि बनाइएका समिति र बोर्ड खारेज गरिनुपर्ने, भ्रातृ संस्थामा मनोनीत गर्नु स्वतः अवैध हुनेलगायतका प्रस्ताव रहेका छन् ।

उनको प्रस्तावमा कांग्रेसलाई आम नागरिकमा आधारित मास बेस्ड पार्टीका रुपमा विकास गर्नुपर्ने उल्लेख गरिएको छ।

“केही नेतालाई खुसी पार्न वा रिझाउन यो महान् आन्दोलनमाथि अन्याय नगरौँ कांग्रेसलाई नेतातन्त्रबाट मुक्त गरौँ, पुनर्गठन गरौँ र एक्लै देशको नेतृत्त्व कायापलट गर्न सक्ने ठाउँमा लैजाऔँ,” उनले प्रस्तावमा भनेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।