४० बुँदे मागपत्र बोकेर सिंहदरबार जाँदै राप्रपा, देशैभर दबाबमूलक प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजदेखि व्यवस्था परिवर्तनको आन्दोलन सुरु गर्दैछ।

दिउसो साढे १२ बजे भृकुटीमण्डपबाट र्याली निस्केर नगर परिक्रमा गर्ने छ । त्यसपश्चात भृकुटीमण्डपमै फर्केर आमसभामा परिणत हुने छ । आमसभाकै क्रममा प्रमेख नेताहरू मागपत्र बुझाउन जानेछन् ।

४० बुँदे माग बुझाएर फर्किएपश्चात अध्यक्ष लिङदेनले आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्न राप्रपाले आजदेखि आन्दोलन सुरु गर्न लागेको हो।

आन्दोलनका लागि राप्रपाले समान विचार राख्ने दलहरु, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मीहरु, बुद्धिजीवीलाई आग्रह गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।