काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्रको आजदेखि सुरु भएको प्रथम विधान अधिवेशनमा प्रस्तावित विधानको मस्यौदामाथि २० वटा समूह बनाएर छलफल हुने भएको छ ।
प्रज्ञा भवन कमलादीमा सुरु भएको अधिवशेनमा विधानबारे सामूहिक छलफलका लागि ५०- ५५ सदस्य रहने गरि २० वटा समूह बनाइने बताइएको छ । समूहगत छलफल प्रज्ञाभवनको हल, नाचघर जमलको हल र पार्टी कार्यालय पेरिसडाँडामा हुने छ ।
विधान अधिवेशनमा एउटा मुल प्रस्ताव र अर्को पुरक प्रस्ताव पेश गरिएको छ । दुवै प्रस्तावमाथि बुधबारसम्म छलफल हुने बताइएको छ ।
Comment