वुमन्स प्रिमियर कपमा आज माल्दिभ्ससँग खेल्दै नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । एसियन क्रिकेट काउन्सिल (एसीसी) वुमन्स प्रिमियर कपमा नेपालले आज (मंगलबार) तेस्रो खेल खेल्दैछ। तेस्रो खेलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। 

नेपाल र माल्दिभ्सबीचको खेल मलेसियाको बांगीस्थित वाइएसडी युकेएम ओभलमा बिहान ११:१५ बजेदेखि सुरु हुनेछ। 

यसअघिका २ खेलमा जित हासिल पारेको नेपाल माल्दिभ्सविरुद्ध पनि सहज जितको लक्ष्यसहित मैदान उत्रिनेछ। नेपालले यसअघि पहिलो खेलमा शनिबार हङकङलाई ८ विकेटले हराएको थियो। यस्तै, दोस्रो खेलमा आइतबार भुटानविरुद्ध पनि नेपालले ८ विकेटकै जित निकालेको थियो। 

टी २० फर्म्याटमा भइरहेको जारी प्रतियोगिताबाट एसिया कप खेल्ने टिमको छनोट हुने छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।