एक खेल अगावै नेपालले जित्यो क्यानडाविरुद्ध सिरिज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले एक खेल अगावै क्यानडासँगको तीन खेलको एक दिवसीय सिरिजको उपाधि आफ्नो पोल्टामा पारेको छ । शनिबार भएको दोस्रो खेलमा क्यानडालाई ४ विकेटले परािजत गर्दै एक दिवसीय सिरिजको उपाधि जितेको छ ।  त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो ।

नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।