प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोनाको संक्रमण देखिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो ।

प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको छ ।

केही दिनअघि सञ्चार र सवारी शाखामा कार्यरत चार जनालाई ज्वरो आएपछि पीसीआर परीक्षण गरिएको स्रोतले जनाएको छ ।

तर प्रहरी प्रधान कार्यालयले भने औपचारिक रूपमा कोरोना पुष्टि भएको जानकारी दिएको छैन

प्रहरी प्रधान कार्यालयमा ‘चार जनामा पुष्टि भएपछि कन्ट्याक ट्रेसिङको काम भइरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो  फेसबुक पेजका  साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।