वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामर्थ्य नै छैनः शंकर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामर्थ्य नरहेको बताएका छन्। 

मंगलवार काठमाडौंमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताउका हुन । महासचिव पोखरेलले वर्तमान सरकारले लाचारीले मुलुकको राष्ट्रिय हितको विषय ओझेलमा परेको बताए। 

उनले ओलीले महाकाली सन्धिको सन्दर्भमा आफैंले उठान गरेको लिपुलेक र कालापानी नेपालको भूमि हो भन्ने कुरालाई आफू प्रधानमन्त्री भएको बेला कामै गरेर पुष्टि गरेको बताए। 

महासचिव पोखरेलले ओलीले भारतसँग महाकाली सन्धिबारे पुरावलोकन गर्ने विषयलाई २०४९ सालमा संसद्‌मा उठाएको उल्लेख गर्दै त्यसलाई मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालमा भारतसँग सो विषयमा औपचारिक प्रस्ताव राखेको तथ्य पनि स्मरण गराए। 

महासचिव पोखरेलले ओलीले बोलेका कुरालाई काम उतार्ने नेताको रुपमा आफूलाई बलियोसँग उभ्याएको समेत बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।