राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌का दुवै सदनको हिउँदे अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्‌को सिफारिसको आधारमा पौडेलले माघ २२ गते बस्ने गरी संसद् अधिवेशन आह्वान गरेका हुन्।

राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दिन ४ बजे सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद्ले सदनको बैठकका निम्ति माघ ९ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।