लघु बीमा कम्पनीले अब वैदेशिक रोजगार बीमालेख बिक्री गर्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लघु जीवन बीमा कम्पनीहरूले अब वैदेशिक रोजगार(म्यादी) बीमालेख जारी गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशन-२०८० संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

लघु बीमा कम्पनीले व्यवसाय बढाउन नसकेपछि प्राधिकरणले व्यवसायिक दायरा बढाउँदै लगेको हो । यसअघि जीवन बीमा कम्पनीहरूले जारी गर्दै आएको म्यादी बीमालेख अब लघु जीवन बीमा कम्पनीले पनि गर्न पाउने व्यवस्था गरेको हो ।

यससँगै म्यादी बीमामा जीवन बीमा कम्पनीहरूको एकाधिकार तोडिएको छ । अब लघु जीवन बीमा कम्पनीहरूले ५ लाख रुपैयाँसम्मको वैदेशिक रोजगार बीमालेख जारी गर्न पाउने छन् ।

सरकारले वैदेशिक रोजगारमा गएका नागरिकका लागि २०७३ सालबाट वैदेशिक रोजगार (म्यादी) बीमालेख जारी गर्ने व्यवस्था गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।