सोमपाल र विनोद चल्दा एपीएफमाथि आर्मीको जीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबलाई ४ विकेटले हराएको छ । भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा मंगलबार भएको खेलमा १२२ रनको लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले अविजित ३४ रन बनाए । कुशल मल्लले १९ र बसिर अहमदले १८ रन जोडे । एपीएफका लागि रमेश कुर्मीले २ तथा मौसम ढकाल र रोहित पौडेलले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको एपीएफ ३२.४ ओभरमा १२१ रनमा अलआउट भयो । एपीएफका लागि कप्तान रोहित कुमार पौडेलले ५९ रन बनाए । आर्मीका लागि सोमपाल कामीले ३, अभिनाश कर्णले २ तथा, विवेक यादव, शाहब आलम र बसिर अहमदले १–१ विकेट लिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।