बैंकिङ प्रणालीबाट थप ३० अर्ब तान्दै राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा निक्षेप थुप्रिएपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले मंगलबार प्रणालीबाट ३० अर्ब रुपैयाँ उठाउने भएको हो ।

राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल मार्फत ३० अर्ब रुपैयाँ उठाउन लागेको हो । राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई आज दिउँसो २ बजेसम्म आवेदन दिन आह्वान गरेको छ ।

यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

अधिक तरलता भएपछि पछिल्लो समय राष्ट्र बैंकले हप्ताको ३/४ पटकसम्म प्रणालीको पैसा खिच्दै आएको छ । पछिल्लो एक महिनामा मात्रै राष्ट्र बैंकले प्रणालीबाट साढे दुई खर्ब रुपैयाँ बढी तरलता खिचेको छ । यद्यपि, यस अवधिमा प्रणालीबाट खिचेको केही रकम परिपक्क भई फेरि प्रणालीमै गएको छ ।

हाल प्रणालीमा साढे ६ खर्बभन्दा बढी तरलता थुप्रिएको छ । तरलता सहज भएसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशत हाराहारीमा आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।