प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बिहीबार तीन खेल हुँदैछन्। कीर्तिपुर मैदावनमा बिहान सवा ९ बजे एपीएफ र मधेश प्रदेशले खेल्नेछन्।

यही समयमा मूलपानी क्रिकेट मैदानमा कोशी र आर्मीले प्रतिस्पर्धा गर्नेछन्। यस्तै भैरहवामा बिहान ९ बजे हुने खेलमा सुदूरपश्चिम र गण्डकी भिडनेछन्। 

यसअघि हिजो भएको खेलमा बागमती प्रदेश र कर्णाली प्रदेश विजयी भएका थिए। बागमतीले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले हराएको हो। लुम्बिनी प्रदेश कर्णालीसँग ६० रनले पराजित भएको हो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।