तीन संसदीय समितिको बैठक बस्दै,यस्ता छन् एजेन्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कानूनी व्यवस्था (प्रत्यायोजित विधायन) र सरकारी आश्वासन सम्बन्धमा छलफल हुने भएको छ। 

छलफलका लागि त्रिविका उपकुलपति प्रा.डा.शिवलाल भुसाललाई बोलाइएको छ। बैठक बिहान साढे ११ बजे बस्ने तय भएको संसद सचिवालयले जनाएको छ । 

यस्तै राष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बुधबार सडक सुरक्षाको विषयमा छलफल हुने भएको छ। बिहान ११ बजे बस्ने बैठकमा सडक सुरक्षा र नागरिक अधिकारका सम्बन्धमा स्वतन्त्रता अभियान नेपालबाट भएका काम कारवाहीबारे छलफल हुनेछ। 

विद्यालय शिक्षा विधेयकमाथि निरन्तर छलफल गरिरहेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दैछ। विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको बैठक दिउँसो सवा १२ बजे बस्नेछ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।