कप्तान किरण लिम्बुको पहिलो रोजाइमा मेसी, प्रशिक्षकले दिएनन् भोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेसीले फिफा बेस्ट अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् ।  अर्जेन्टिना तथा अमेरिकी क्लब इन्टर मायमीका फरवार्ड मेसीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् ।  

फिफाले १९ डिसेम्बर २०२२ देखि २० अगस्ट २०२३ सम्मको प्रदर्शनका आधारमा विश्वभरबाट प्राप्त भोटिङका आधारमा उत्कृष्ट खेलाडी घोषित गरेको हो।    यसअघि उनले २०१६ र २०२२ मा पनि अवार्ड जितेका थिए । 

तर नेपालबाट भोटिङको अधिकार पाएका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले भने मेसीलाई शीर्ष तीनमा समेत भोट दिएनन्। एनेसले पहिलो नम्बरमा अर्लिङ हालान्डलाई भोट दिँदा, दोस्रोमा रोड्री र तेस्रोमा केभिन डी ब्रुएनालाई भोटिङ गरेका छन्।

कप्तान किरण लिम्बुले भने मेसीलाई पहिलो नम्बरमा भोटिङ गर्दा केलियन एम्बाप्पेलाई दोस्रो र हालान्डलाई तेस्रो नम्बरमा राखे।  नेपालको मिडियाको तर्फबाट भने गोल नेपाल डटकमा सञ्चालक विक्रम थापाले भोटिङ गरेका थिए। 

उनले अर्लिङ हालान्डलाई पहिलो नम्बरमा राख्दा जुलियन अल्भारेजलाई दोस्रो तथा मेसीलाई तेस्रो नम्बरमा राखे।

फिफा ‘द वेस्ट’ अवार्डमा फिफा राष्ट्रका सदस्य देशहरूका कप्तान, प्रशिक्षक र पत्रकारले भोट गर्ने प्रावधान छ। विश्वभरको भोटका आधारम लियोनल मेसी ‘फिफा द वेस्ट’ प्लेयर बनेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।