माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विधान मस्यौदामाथि छलफल हुनुका साथै पार्टीको चार महिने अभियानको समीक्षा हुने महासचिव देव गुरुङले जानकारी दिए ।

माओवादीले आगामी फागुनको पहिलो साता विधान अधिवेशन गर्ने घोषणा गरिसकेको छ । जसका लागि उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय मस्यौदा समिति समेत गठन गरेको छ ।

त्यस्तै चार महिने जनतासँग माओवादी अभियानको समीक्षा र कार्यविभाजनको विषयमा समेत छलफल हुनेछ ।

माओवादीले गत भदौ १६ देखि पुस १६ सम्म चार महिने रूपान्तरण अभियान चलाएको थियो। स्थायी कमिटी बैठकमा अभियानका क्रममा सात वटै प्रदेशबाट प्राप्त रिपोर्टबारे छलफल हुनेछ  ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।