बेसबल फाइभ च्याम्पियनसिपमा बागमती विजेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  बागमती प्रदेश पहिलोपटक नेपालमा आयोजना भएको राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपमा च्याम्पियन बनेको छ।

नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा बिहीवार सम्पन्न फाइनलमा बागमतीले मधेश प्रदेशमाथि ६–५ ले जितेर उपाधि उचालेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न प्रतियोगितामा कोशी प्रदेश तेस्रो भयो। 

दुईदिने प्रतियोगिताको तेस्रो स्थानका लागि भएको प्रतिष्पर्धामा कोशीले सुदूरपश्चिम प्रदेशमाथि ५–४ को साँघुरो जित निकाल्यो। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी मधेशका सुकेशकुमार यादव र सर्वाधिक स्कोरर (१२ स्कोर) सुदूरपश्चिमका नितिन पाण्डे घोषित भए।

प्रतियोगिताको विजेता बागमतीले ३० हजार, उपविजेता मधेशले २० हजार र तेस्रो स्थानको कोशी प्रदेशले १० हजार रुपैयाँ नगद र ट्रफी पाए। 

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप बोर्ड सदस्य प्रकाशकुमार कुसारी, काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति र संघका अध्यक्ष दीपक न्यौपानेलगायतले पुरस्कृत गरे।

नेपालमा सन् २०२३ मा खेल्न शुरु गरिएको बेसबल फाइभ प्रतियोगिता पहिलोपटक आयोजना भएको हो। पहिलो संस्करणमा सातवटा प्रदेशका टोलीले प्रतिष्पर्धा गरेका थिए।

प्रत्येक टोलीमा ८ जना खेलाडी र २ अफिसियल गरी कुल १० जना सदस्य थिए। टोलीमा २ जना महिला खेलाडीले खेल्ने अवसर पाए। ५ जनाको प्लेइङ सेटमा भने एक महिला खेलाडीले खेलेका थिए। 

लिगकम नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगिता दुई समूहमा विभाजन गरिएको थियो। डब्लुबिसिएसीको नियमअनुसार ५ इनिङका खेल भएका हुन्। बेस्ट अफ फाइभ भनेको ग्लोभ्स र ब्याटको आवश्यकता नहुने खेल हो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।