एमालेको सचिवालय बैठक आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुक्रबार बस्दैछ। ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पौने १ बजे शुरु हुनेगरी बैठक बोलाइएको हो। 

बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल गर्ने एजेण्डा तय भएको पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीलाई बुधवारभित्र उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो।

सिफारिस उम्मेदवारबारे शुक्रबारको बैठकमा छलफल गरेर टिकट दिने तयारी एमालेले गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।