त्रिविका स्ववियु सभापतिको कार्यशैलीप्रति पाँच विद्यार्थी संगठनको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वामपन्थी पाँच दलका विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापतिको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। 

अनेरास्ववियु त्रिवि इन्चार्ज प्रशान्त भण्डारी, अखिल क्रान्तिकारीका त्रिवि अध्यक्ष प्रदीपराज कपाडी भट्ट, अनेरास्ववियू त्रिवि अध्यक्ष समीर गौतम, नेपाल समाजवादी विद्यार्थी युनियन त्रिवि समिति इन्चार्ज रामनरेश यादव र अखिल छैटौँ त्रिवि अध्यक्ष संगम थापाले संयुक्त विज्ञप्ति जारी गरी स्ववियु सभापतिको कार्यशैलीप्रति विरोध जनाएका हुन्। 

उनीहरूले स्ववियूले समग्र विश्वविद्यालयको प्रशासनिक र नीतिगत समस्यालाई उठान गरी समस्या समाधानका लागि काम गर्नुपर्नेमा ठेक्कापट्टा, असुली धन्दा, कर्मचारीको सरुवा बढुवा र आर्थिक चलखेलमा लागेको आरोप लगाएका छन्। 

यस्ता कार्य नसच्याए स्ववियू सभापतिलाई कारबाही गर्ने चेतावनी उनीहरूले दिएका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।