चुइँगम चपाउँदा सकियो नेपालीको ५ महिनामा २६ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालीको ५ महिनामा २६ करोड रुपैयाँ चुइँगम खाएरै सकिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा २६ करोड ८२ लाख २९ हजार रुपैयाँको चुइँगम आयात भएको हो ।

गत आर्थिक वर्षको यहि अवधिमा २५ करोड ९३ लाख रुपैयाँको चुइँगम आयात भएको तथ्यांक छ । यो चालू वर्षको तुलनामा कम हो । तथ्यांकअनुसार भारतबाट २५ करोड ८९ लाख रुपैयाँको चुइँगम आयात भएको छ ।

यस्तै, अमेरिकबाट ८२ लाख २६ हजार रुपैयाँको आयात भएको छ । यस्तै, यसबाहेक अन्य दर्जन देशबाट समेत नेपालमा चुइँगम भित्रिने गरेको छ । नेपालमा चुइँगमका पारखी बढेपछि धेरै मुलुकबाट चुइँगम भित्रिन थालेको हो । बजारमा विभिन्न स्वादमा चुइँगम पाइने गर्छ ।

स्कुल/कलेजका विद्यार्थीदेखि चुरोट सेवन गर्नेसम्मको रोजाइ चुइँगम पर्ने गरेको छ। अल्छि लागेको समयमा स्फुर्ती ल्याउन पनि चुइँगम नै रोजाइमा पर्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।