प्रतिगामी शक्ति फेरि चल्न खोजिरहेका छन् : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले प्रतिगामी शक्तिहरूले टाउको उठाउन थालेको टिप्पणी गरेका छन्। 

पार्टीको केन्द्रीय कमिटीको सातौं बैठक उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधान र व्यवस्थामाथि धावा बोल्ने काम भइरहेको बताए। 

विगतमा संसद विघटन हुँदा आफूहरूले संविधान बचाएको स्मरण गर्दै नेपालले अहिले पनि आफूहरु गम्भीर बन्नुपर्ने बताए। 

‘प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन् । देशविदेशका विभिन्न शक्तिहरुले षडयन्त्रका तानाबाना बुनिरहेका छन्।’ नेपालले भने, ‘हामी फेरि गम्भीर बन्नुपर्ने अवस्था आएको छ।’

संविधान, राष्ट्रियता, सुशासनका पक्षमा भएका शक्तिहरूलाई मिलाएर लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।