काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलको क्वालिफायरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साविकको उपाधि विजेता काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। 

मंगलबार साँझ दशरथ रंगशालामा इलिमिनेटर खेलमा काठमाडौं रेजर्सलाई ३–० गोल अन्तरले हराउँदै ललितपुर दोस्रो क्वालिफायरमा पुगेको हो। 

 काठमाडौंमाथि शानदार जित निकाल्दै ललितपुरले लिग चरणमा ब्यहोरेको हारको बदला लिएको छ। 

ललितपुरका लागि इमु इजिकेलले दुई तथा पापा इबु केबेले एक गोल गरे। 

ललितपुरले फाइनल प्रवेशका लागि अब पोखरा थण्डर्ससँग खेल्नेछ। पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पोखरा पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।