देशको विकास गर्न रास्वपा राजनीतिमा : रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको विकास गर्न रास्वपा राजनीतिमा आएको बताएका छन् । 

रास्वपा क्षेत्र नं २ तनहुँले भीमाद-६ मा  बिहीबार आयोजना गरेको खुलासभालाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘भ्रष्टाचार र गल्ती आफू पनि गर्दिनँ र आफ्ना पार्टीका नेतालाई पनि गर्न दिन्नँ ।’

नेतृत्व इमानदार भए अरूलाई भ्रष्टाचार गर्ने आँट नहुने जिकिर गर्दै उनले भने, ‘देशका ठूलाठूला व्यक्तिले भ्रष्टाचार गर्दिनँ भनेर लाग्ने हो भने भ्रष्टाचार अन्त्य हुन सक्छ ।’

भ्रष्टाचारको स्विच कहाँ छ भन्ने कुरा सरकारले खोलेका फाइल हेरे थाहा हुने उनले उल्लेख गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।