वेस्टह्यामलाई हराउँदै लिभरपुल ईएफएलको सेमिफाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  वेस्टह्यामविरुद्ध प्रभावशाली जित निकाल्दै लिभरपुल ईएफएलको सेमिफाइनलमा प्रवेश गरेको छ।  घरेलु मैदान एनफिल्डमा लिभरपुलले वेस्टह्यामलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्‍यो।

डोमिनिक सोबोस्लाइले २८ मिनेटमा २५ यार्डबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। कर्टिस जोन्सले ५६ औं मिनेटमा अग्रता दोब्बर पारे। ७१ औं मिनेटमा कोडी गाक्पोले सिजनको आफ्नो आठौँ गोल गरेपछि लिभरपुलले ३–० को अग्रता लियो।

७७ औँ मिनेटमा जारोड बोवेनले वेस्टहमका लागि सान्तोना गोल फर्काए। ८२ औं मिनेटमा मोहम्मद सलाह र त्यसको २ मिनेटपछि जोन्सले व्यक्तिगत दोस्रो गोल गर्दै ५–१ को जित निश्चित गरे।

जोन्सको दोस्रो गोल लिभरपुलले यस प्रतियोगितामा गरेको ५ सयौँ गोल थियो। योसँगै २०२२ को च्याम्पियन लिभरपुल कीर्तिमान विस्तार गर्दै १० औं पटक उपाधि जित्ने लक्ष्यमा छ।

लिभरपुलले सेमिफाइनलमा फुलह्यामको सामना गर्नेछन्। सेमिफाइनलको पहिलो लेग ८ जनवरी र दोस्रो लेग त्यसको दुई हप्ता पछि हुनेछ।f

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।