माओवादीको पदाधिकारी बैठक आज पनि बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । 

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन, एकता समायोजन लगायत समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । 

इन्चार्जहरूले अभियान समग्रमा उत्साहजनक भएको रिपोर्टिङ गरेका थिए । मंगलबारको बैठकमा छलफल भएका विषयबारे आजको बैठकबाट निर्णय हुने सचिव दीनानाथ शर्माले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।