११औँ राष्ट्रिय ‘एस्ट्रोनोमी ओलम्पियाड’ को आवेदन खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सन् २०२४ मा सञ्चालन गरिने ११औँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन हिजो ] (सोमवार) खुला गरिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।

विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ मा अध्ययनरत १३ वर्षदेखि २० वर्ष उमेर समूहका विद्यार्थीले आवेदन दिनसक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।

विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिँदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड सन् २०१९ देखि ‘जुनियर’ र ‘सिनियर’ गरी दुई विधामा आयोजना गरिँदै आएको उनले बताए।

विद्यालय तहका विद्यार्थीलाई खगोल विज्ञानमा रुचि जगाउन सोसाइटीले यो प्रतियोगितलाई निरन्तरता दिँदै आएको छ। यसअन्तर्गत कक्षा ८ देखि १० सम्मका विद्यार्थीले जुनियरमा र कक्षा ११ देखि १२ का विद्यार्थीले सिनियरमा आवेदन दिनसक्ने सोसाइटीले जनाएको छ।

ओलम्पियाडको पहिलो चरणको छनोट परीक्षा प्रादेशिकरुपमा आयोजना गरिनेछ। आगामी माघ १३ गते शनिवार दिउँसो १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिने भएको छ।

इच्छुक विद्यार्थीले पायक पर्ने सम्बन्धित प्रदेशका संयोजकलाई आवेदन फाराम  बुझाउनसक्ने सोसाइटीका अध्यक्ष भट्टराईले बताए।

पहिलो अर्थात् प्रदेश चरणमा गरेको प्रदर्शनका आधारमा दोस्रो अर्थात् राष्ट्रिय चरणमा सम्बन्धित प्रदेशका विद्यार्थीलाई सामेल गराइने भएको छ।

दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइनेछ। तेस्रो चरणको मूल्याङ्कनमार्फत सहभागी विद्यार्थीलाई सन् २०२४ मा सञ्चालन हुने अन्तरराष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलम्पियाडका लागि सिफारिश गरिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।