मेलम्चीको पानी चाँडो काठमाडौं पुर्‍याउन सभामुख घिमिरेको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक । सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौं पुर्‍याउन आग्रह गरेका छन । मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको आज निरीक्षण गर्दै उनले सक्दो चाँडो काठमाडौंका बासिन्दालाई पानी खुवाउनुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको माथिल्लो भेगकोसमेत निरीक्षण गरे । मेलम्चीको पानी काठमाडौं लैजान ढिलाइ भइरहेको सन्दर्भमा उनले यसबारे सम्बन्धित निकायबाट जानकारी लिएको बताए ।

सो अवसरमा मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनीयर पदमबहादुर कुँवरले मेलम्चीमा हाल भइरहेको कामका बारेमा सभामुख घिमिरेलाई जानकारी गराएका थिए । उनका साथमा पूर्वमन्त्री शेरबहादुर तामाङ, बाग्मती प्रदेशका पूर्वमन्त्री सरेस नेपाललगायत रहेका थिए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।