गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ : प्रदेश उद्योगमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी ऐन ल्याउने तयारी गरिरहेको मन्त्री थापाले उल्लेख गरे ।

मन्त्री थापाले घरेलु मदिरालाई पनि गुणस्तर र मापदण्ड कायम गरेर उत्पादन र बजारीकरणलाई खुला गर्नुपर्ने धारणा राखे। 

उनले वनमा आधारित उद्यम विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए। उनले विदेशबाट काठ निर्यात गर्नुपर्ने अवस्थाको अन्त्य गरिने उल्लेख गरे।

जडीबुटी सङ्कलन, प्रशोधन र उत्पादन सहज हुनेगरी ऐन ल्याइएको मन्त्री थापाले बताए। उनले सङ्घीयताको औचित्य पुष्टि गर्नेगरी तीनै तहका सरकारले काम गर्नुपर्ने बताए।

मन्त्री थापाले जनताप्रति उत्तरदायी भएर जनप्रतिनिधिले काम गर्नुपर्ने धारणा राखे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।