कुमारी बैंकले लाभांश नदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।

बैंक संचालक समितिको मंसिर २८ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैंकले गत वर्ष करसहित १२.५ प्रतिशत नगद गरी लाभांश दिएको थियो भने त्यअघिका वर्षहरुमा पनि कम्तीमा ८ प्रतिशत माथि लाभांश दिँदै आएको थियो ।

त्यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले साधरण सभा बोलाउने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।