नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

दुवै कम्पनीले आगामी साधारण सभाका लागि बिहीबार बुक क्लोज गर्ने भएका छन् । त्यसैले आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

नेपाल इन्स्योरेन्सले गत आवको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले पुस १३ गते सभा बोलाएको छ ।

यस्तै मितेरी डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले पुस १४ गतेका लागि सभा बोलाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।