काठमाडौं । एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई बाँडफाँट भएको छ । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेडले मङ्सिर ४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणमा विक्री गरेको ८ करोड ५० लाख इकाई मङसिर २५ गते बाँडफाँट गरेको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाईमध्ये १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई सार्वजनिक निष्कासन गरेको थियो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमा सम्पूर्ण कित्ता इकाई बाँडफाँट गरिएको जानकारी योजना व्यवस्थापकले दिएको छ । यो योजना ७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको रहेको छ ।

Comment