थाई एयरवेजले गर्ने भयो नेपालमा दैनिक दुई उडान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । थाई एयरवेजले उडान संख्या बढाउने भएको छ। बैंकक-काठमाडौं-बैंकक रूटमा थाईले दैनिक उडान संख्या थप गर्ने घोषणा गरेको छ। 

कोरोना महमारीपछि उडान रोकेर कात्तिकदेखि फेरि उडान सुरू गरेको थाईले मंसिर २९ गतेदेखि दैनिक दुई उडान गर्ने भएको छ। 

थाई एयरवेजले यसअघि दैनिक एक उडान गर्दै आएको थियो। मंसिर २९ गतेदेखि दिनमा दुई उडान हुनेछन्। पहिलो उडान काठमाडौंबाट १:३० मा उड्नेछ भने दोस्रो उडान राति १२:२५ मा उड्नेछ। 

बैंककबाट भने पहिलो उडान १०:१५ बजे र दोस्रो उडान राति ९:१५ मा उड्नेछ। 

कोरोना महामारीसँगै बैंकक-काठमाडौं नियमित उडान बन्द गरेको थाई एयरवेजले कात्तिकदेखि उडान सुरू गरेको थियो। पछिल्लो समय यात्रुको माग बढेको भन्दै थाईले उडान थप गर्ने भएको हो। 

थाईले काठमाडौं उडानका लागि सोसाइटी इन्टरनेसनल ट्राभल्स सर्भिसलाई नेपालका लागि जीएसए नियुक्त गरेको छ। 

थाईले सन् १९६८ मै काठमाडौं उडान सुरू गरेको थियो। काठमाडौंदेखि बैंककसम्ममात्र नभएर नेपाली यात्रुका लागि बैंकक हुँदै अष्ट्रेलिया, जापान, कोरिया जानेहरू पनि थाई एयरवेज मार्फत् जान्छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।