कानून निर्माणमा बाग्मती प्रदेश अगाडि : सभामुख पाठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । बाग्मती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बाग्मती प्रदेश ऐन, नीति, नियम, कानून निर्माणलगायतका गतिविधिमा अगाडि रहेको बताए ।

बाग्मती प्रदेशसभा सचिवालयद्वारा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, संसद् सहयोग परियोजनाको सहकार्यमा आयोजित अभिमुखीकरणमा उनले यस्तो बताए ।

प्रदेशसभाका विषयगत समितिका सभापति, सदस्य र सचिवको लागि प्रभावकारी समिति सञ्चालन र तथ्यमा आधारित कानून निर्माण तथा संसदीय निगरानीसम्बन्धी दुईदिने कार्यक्रममा सभामुख पाठकले बाग्मती प्रदेशसभाले गरेको हरेक काम र गतिविधि अरु प्रदेशका लागि पनि सिकाइ र उदाहरणीय बन्न सक्ने बताए ।

उनले भने, ‘प्रदेशको ऐन, नियम, कानून, विधेयक निर्माणलगायतका काममा प्रदेशसभाका विषयगत समितिको ठूलो भूमिका रहन्छ, साथै सरकारको विभिन्न कार्यलाई सक्रिय बनाउने, अध्ययन अनुसन्धान गर्ने दायित्व पनि समितिकै रहेको हुन्छ ।’

संसद्को मुख्य काम ऐनको रुप दिनु भएपनि त्यसअघि ऐन निर्माणका लागि सूक्ष्मरूपमा अध्ययन गर्ने, विश्लेषण गर्ने र आवश्यकताअनुसार थपघट गर्ने काम समितिले कै भएको उनको भनाइ छ ।

उनले भने, ‘सामान्यतया विधेयक सरकारले नै ल्याउने हो, तर विधेयक निर्माणको क्रममा त्यसकोबारेमा अधिकतम छलफल गर्ने, त्यसको अध्ययन अनुसन्धान गर्ने, अनुसन्धान गर्ने परम्परा हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।

कार्यक्रममा उपसभामुख अप्सरा चापागाईले प्रदेशसभाका विषयगत समिति प्रदेशसभा र सरकारको काममा सहयोग गर्न सक्रिय हुनुपर्नेमा जोड दिइन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।