काँग्रेसलाई जनतामा पुर्‍याउन ‘नेपाल पुकार’को उल्लेख्य भूमिका : सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई जनतामा पुर्याउनमा ‘नेपाल पुकार’ को उल्लेख्य महत्व रहेको बताएका छन् ।

आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन विगतमा पनि ‘नेपाल पुकार’ को भूमिका उल्लेख्य रहेको जिकिर गरे । यस्तै ‘नेपाल पुकार’ ले कांग्रेसले गरेका काम कारबाहीहरू नागरिकमा लैजान महत्वपूर्ण भूमिका खेल्ने बताए ।

१३२ पृष्ठको रहेको उक्त विशेषाङ्क बीपी साहित्य महोत्सव विशेष रहेको छ । २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।